कोरोना संक्रमणबाट बिहिबार ३३ जनाको मृत्यु

छहारी संवाददाता
असार १७, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ३३ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै २४ घण्टामा २ हजार ७६० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*