सुन तोलामा ८ सय रुपैँयाले बृद्धि

छहारी संवाददाता
असार १७, २०७८

सुनको मूल्य बिहिबार तोलामा ८ सय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

बुधबार ९० हजारमा कारोबार भएको सुनको मूल्य आज बढेर ९० हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासघंले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*