वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताद्वारा क्याफे उद्घाटन

छहारी संवाददाता
असार १६, २०७८

वीरगञ्जको माईस्थानमा आजबाट मुन लभ क्याफे सञ्चालनमा आएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले एक कार्यक्रमका बीच क्याफे उद्घाटन गर्दै यसले सुस्ताएको व्यावसायिक वातावरण चलायमान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले यस क्याफेबाट विभिन्न व्यक्तिहरु लाभान्वित हुने बताउनु भयो ।

करिब ५० लाखको लगानीमा क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक शक्ति अग्रवालले बताउनुभयो । क्याफेमा सुलभ मूल्यमा गुणस्तरीय शुद्ध शाकाहारी तथा मांसाहारी खाजा नास्ता उपलब्ध पाउनुका साथै बिभिन्न आइसक्रिमका आइटम तथा पेय पदार्थको पाईने सञ्चालक अग्रवालले बताउनु भयो ।

शान्त तथा मनोरञ्जनात्मक वातावरणमा बसेर खाजा नास्ता खाने स्थान नहुँदा अन्यत्र बजारमा पुग्नु पर्ने बाध्यता हटाउने उद्देश्यले आफुहरु सबै सुविधासहितको क्याफे सञ्चालनमा ल्याएको अर्का सञ्चालक अरविन्द सिंहले बताउनु भयो । उदटन कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*