थप २,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

छहारी संवाददाता
असार १५, २०७८

पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११,७४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*