करोडौंको जग्गा हराएपछि विश्व हिन्दु महासंघकी महासचिव भण्डारीविरुद्ध अख्तियारमा उजुरी

छहारी संवाददाता
असार १४, २०७८

करोडौं पर्ने जग्गा हराएको आरोपमा विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको छ ।

महासंघको नाममा दर्ता रहेको गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको तीन रोपनी ६ आना जग्गामध्ये करोडौँ रुपैयाँ पर्ने ६ आना जग्गा २३ लाखमा बिक्री गरेको र तीन रोपनी जग्गा हराएको भन्दै अनियमितता गरेको आरोपमा उनीमाथि अख्तियारमा उजुरी दिइएको हो ।

महासंघको संस्थागत सदस्य श्री रुद्रमति युवा समूहले अख्तियारमा उजुरी दिएको हो । उजुरीमा भनिएको छ,‘महासंघको नाममा दर्ता रहेको का.जि.गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको ३ रोपनी ६ आना जग्गा मध्ये कराडौं पने ६ आना जग्गा जम्मा २३ लाखमा बिक्री गरेको र बाँकी रहेको ३ रोपनी जग्गा हराएको भनी बताइएको छ ।

संघ संस्था ऐन अनुसार कुनै पनि वैधानिक संस्थाले आफ्नो चल अचल सम्पत्ति बिक्री वितरण गर्न पाइँदैन । बहुमत पदाधिकारी र सदस्यहरु बिदेशमा रहेको यस महासंघलाई महासचिव अस्मिता भण्डारीले निजी कम्पनी सरह दुहुनो गाइ बनाई रहेकी छिन् ।’

काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको दर्ता नम्बर ४० रहेको विश्व हिन्दु महासंघको विधानविपरीत एक व्यक्ति मात्र निर्वाचित गर्ने र अन्य पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्दै महासंघको नाममा पदीय दुरुपयोग हुँदै आएको उजुरीमा भनिएको छ ।

एकल नेतृत्वमा सञ्‍चालन गरिँदै आएको संघको नाममा रहेको तीन रोपनी जग्गा हराएको भनि अनियमितता गरेको उजुरीमा उल्लेख छ । साभारः न्युज २४ अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*