निजी सवारीझैँ जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारी, भोलि निर्णय गरिने

छहारी संवाददाता
असार १३, २०७८

बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको छ ।

आइतबार दिउँसो उपत्यकाका तीनै जिल्ला प्रमुख अधिकारीबीच बसेको बैठकले अहिलेसम्मको कोरोना संक्रमणबारे छलफल भएको र भोलि बस्ने सोमबार बस्ने बैठकले निषेधाज्ञा थप गर्ने/नगर्नेबारे तय गर्ने काठमाडौं जिल्ला प्रुमख अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार निजी सवारीजस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल पनि भएको छ ।

‘सार्वजनिक यातायात खुलाइनै हाल्ने भनेर निर्णय गरिएको छैन । भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्नेछ । साथै, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ । त्यसैले जोरबिजोरबाट लैजान सकिन्छ भन्ने पनि बैठकमा छलफल भएको छ ।’

अहिले निजी सवारीमा जोरबिजोर प्रणालीअन्तर्गत साधन गुडाउन दिइएको भए पनि सार्वजनिक यातायात तत्काल सञ्चालन भएको छैन । सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् । यस विषयमा आइतबारको बैठकमा छलफल भएको छ । असार १५ सम्म जारी निषेधाज्ञा थप गर्ने, सार्वजनिक सवारी चल्न दिनेबारेलगायत विषयको मोडालिटी भोलि बस्ने बैठकले तय गर्ने उनले बताए । साभारः न्युज २४ अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*