माइक्रो बसको ठक्करबाट तीन जनाको मृत्यु

छहारी संवाददाता
असार १३, २०७८

सुनसरीको कोशी गाउँपालिका-८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

आइतबार बिहान माइक्रो बसले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर( ७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो ।

हाइस चालक र सहचालक सामान्य घाइते छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*