मकवानपुर प्रहरीद्वारा ७९ किलो गाँजासहित २ जना पक्राउ
मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
चैनपुर प्रहरी चौकी राक्सिराङबाट बाट खटिएको प्रहरी टालीले ७९ किलो गाँजासहित राक्सिराङ गाउँपालिकाका २० वर्षीय प्रताप स्याङ्तान र कैलाश गाउँपालिका ४३ वर्षीय लाल बहादुर स्याङ्तानलाई पक्राउ गरेको हो ।
कैलाश गाउँपालिकाबाट मनहरीतर्फ भारी बोकी शंकास्पद रुपमा हिँडिरहेका ८/ ९ जना मध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य भने भारी फालेर फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको थप अनुसन्धान भईरहेको र फरार भएकाहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।







