मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका खरङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी लु १५ प ४६४३ नम्बरको मोटरसाइकल चालक महोत्तरी जिल्ला मनरा गाउँपालिकाका अंशु कुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सिंहको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु हो । मनहरीबाट हेटौंडा आउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।







