पल्पसा आइसोलेसन उदाहरणीय छ: मन्त्री बस्नेत

छहारी संवाददाता
असार १२, २०७८

अञ्जली थापा,  (रासस)/ सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले मकवानपुर कोभिड हेल्प डेस्कले सञ्चालन गरेको पल्पसा आइसोलेसन उदाहरणिय रहेको बताउनुभएको छ ।

उहाँले आज पल्पसा आइसोलेसनको अनुगमन गर्दै यस्तो बताउनुभएको हो । अनुगमनपछि मन्त्री बस्नेतले दोस्रो चरणमा कोभिड अत्यन्त फैलिएर समस्या भएकाले सरकार र नीजिक्षेत्र दुबैले सहकार्य गरेर यसलाई परास्त पार्नुपर्ने बताउनुभयो ।

उहाँले भन्न्भयो “देशै आक्रान्त भएको यस्तो बिषम परिस्थितीमा उद्योग बाणिज्य संघ सहितको यो टिमले यसरी आइसोलेसन संचालन गर्नुभनेको सरकारलाई सहयोग गर्नुभएको छ । अबको दिनमा सरकारले यस आइसोलेसनलाई आबश्यक सहयोग गर्नेछ । ”

मन्त्री बस्नेतले अभावैअभावमा दोस्रो चरण पार गर्ने क्रममा अहिले बागमती प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट, अन्य सेवाको पहल भएको बताउनु भयो ।मन्त्री बस्नेतले स्थानीय तह र नागरिक समाजसँग समन्वय गरेर कोरोना परास्त गर्ने अभियान सफल हुँदै गइरहेको बताउनु भयो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईंले मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा सञ्चालनमा रहेको पल्पसा आइसोलेसन पवित्र कार्य भएको बताउनु भयो । तीनै तहको समन्वयमा स्वास्थ्य सेवा दिनसके कोरोना सहजै परास्त हुने डाक्टर सेढाईंको बनाइ थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघका सरोजकुमार खनालले पल्पसा आइसोलेसनबारे मन्त्री र प्रवक्तालाई बताउनुभएकोे थियो । पल्सपसा आइसोलेसनमा २२ जना कोभिड संक्रमित उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*