अपंगता भएका युवालाई व्हिलचियर हस्तान्तरण

छहारी संवाददाता
असार १२, २०७८

अन्तर्राष्ट्रिय लागु औषधरहित दिवसको अवसरमा अपंगता भएका युवालाई एक थान व्हिलचियर हस्तान्तरण गरिएको छ ।लायन्स क्लब अफ सिमरा युथ र नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले संयुक्त रुपमा जीतपुरसिमरा १ का ३० वर्षीय दिलिप बास्कोटालाई व्हिलचियर हस्तान्तरण गरिएको हो ।

बास्कोटा लागुऔषधको पूर्व प्रयोगकर्ता हुन । पुनर्स्थापना केन्द्रमा उपचार लिएपछि लागुऔषधको प्रयोग छाडेका उनले सवारी दुर्घटनामा खुट्टा गुमाएका थिए । काठमाडौको कोटेश्वरमा भएको सवारी दुर्घटनापछि उपचारका क्रममा उनको खुट्टा काटिएको थियो ।

दुर्घटनापछि घरमा बस्दै आएका बास्कोटालाई लायन्स क्लब सिमरा युथ र नयाँ गोरेटो पुनर्स्थापना केन्द्रले सहजताका लागि व्हिलचियर सहयोग गरेको हो । अपांगता युवाको मनोबल उच्च राख्न र दैनिक जिवनको सहजताका लागि व्हिलचियर र फलफुल सहयोग गरिएको नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामाले बताए । दुई संस्थाका प्रतिनिधिले घरमै पुगेर व्हिलचियर सहयोग गरेपछी बास्कोटा खुशी देखिएका थिए ।

व्हिलचियरका लागि लायन्स क्लब अफ सिमरा युथ का अध्यक्ष हन्कल्पित न्यौपाने, नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, लायन्स क्लबका प्रथम उपाध्यक्ष दिवाकर भण्डारी, सदस्य सरोज खनाल, निलिशा बर्मा, सपना ढकाल, सुशान्त साह, सिमराकी लक्की श्रेष्ठ, लीला लोप्चन, चन्द्रपुर निवासी देवेन्द्र अर्याललगायतले आर्थिक सहयोग गरेका थिए । व्हिलचियरका लागि नेपाल अपांग सेवा संघ बाराले सहजीकरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*