श्रीकृष्ण प्रणामी समाजको निःशुल्क भोजन सेवा समापन
श्रीकृष्ण प्रणामी समाज मकवानपुरले कोरोनाको महामारी अबधिमा बितरण गर्दै आइरहेको निशुल्क भोजन सेवा समापन गरेको छ । श्रीकृष्ण प्रणमी समाजका केन्द्रिय सदस्य बद्रि चौलागाईले आजबाट निशुल्कभोजन सेवा समापन गरिएको बताउनुभयो ।
कोरोनको कारण संकटमा परेका ब्यक्ती मजदुर लगाएतलाई समाजले २०७८ जेठ १२ गतेदेखी आजसम्म जम्मा ४ हजार ७ सय ६० जनालाई भोजन बितरण गरेको केन्द्रिय सदस्य चौलागाईले जानकारी दिनुभयो ।

उहाँको अनुसार समाजले हेटौंडाको गोरक्षश्वर, हेटौंडा अस्पताल संगमचोक, कर्राचोक,हुप्रचौर र पल्पसा आइसोलेसनमा भोजन बितरणको कार्य भएको थियो । अब बन्दाबन्दी केही खुकुलो भएसंगै जनजिबन सामान्य बन्दै जाने भएकोले भोजन बितरण कार्यक्रमको समापन गरिएको उहाँको भनाई छ ।








