६५ दिने श्रृंगार तथा सौन्दर्य तालिम सम्पन्न

छहारी संवाददाता
असार १२, २०७८

मकवानपुरको बागमती गाउँपालीकामा सञ्चालित ६५दिने श्रृंगार तथा सौन्दर्य तालिम सम्पन्न भएको छ ।

महिला शसक्तिकरण तथा गरिबी निवारण समुह नेपालको आयोजना तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय व्यवसायिक  सिप बिकास तालीम केन्द्र, बागमती प्रदेशको आर्थिक सहयोगमा आयोजना गरिएको तीन सय ९० घण्टे(६५ दिने) तालिमको समापन गरिएको हो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता तथा महिला शसक्तिकरण तथा गरिबी निवारण समुहकी संयोजक इन्दिरा न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो। तलिममा २० जना महिलाको सहभागिता रहेको थियो । सहभागिलाई व्यवसाय सञ्चालनार्थ टेवा पुराउने उद्देश्यले जनही बीस हजार नगद र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

समापन कार्यक्रममा बोल्दैे गाउँपालिकाका अध्यक्ष सर्केश घलानलले तालिमबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवसमयिक रुपमा सफल बनाउन सहभागीलाई शुभकामना दिनु भयो ।

कार्यक्रममा बोल्दै महिला शसक्तिकरण तथा गरिबी निवारण समुहकी संयोजक इन्दिरा न्यौपानेले यस्ता तालिमले महिलालाई आर्थिक,सामाजिक रुपमा सक्षम हुन मद्धत पुग्ने बताउनुभयो । आफूले सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*