कक्षा ११ र १२ को आवेदन फारम बुझाउने समय थप
कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने समय थप गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने समय थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने समय चैत मसान्तसम्म तोकिएको थियो ।
फारम बुझाउन छुट भएकाले दोब्बर दस्तुर तिरेर असार २० गतेसम्म फाराम बुझाउन सक्नेछन् ।







