चिनियाँ र रुसी राष्ट्रपतिबीच भर्चुअल वार्ता हुँदै

छहारी संवाददाता
असार १२, २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ ।

चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बताएका हुन् ।

बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने जानकारी दिए ।

उनीहरु बीचमा गत महिना पनि फोनमा वार्ता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*