लियो एरिया उप-प्रमुखमा पत्रकार रुपक कालीराज चयन
लियो जिल्ला परिषद् ३२५ बि नेपालको एरिया २ को एरिया उप–प्रमुख(को—चिफ)मा पत्रकार रुपक कालिराज चयन भएका छन् । हजुरको खबर डटकमका संचालक तथा सम्पादक कालीराज बर्ष २०२१÷२२ को लागि उप–प्रमुखमा चयन भएका हुन् । लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका अध्यक्ष लियो अनिश लामिछानेको नेतृत्वले कालिराजलाई चयन गरेको हो ।
लियो क्लव अफ हेटौँडा भुटनदेविबाट शुरु भएको लियोको यात्रामा क्लवको जनसम्पर्क अधिकारी,सचिव,उपाध्यक्ष हुँदै अध्यक्ष पद सम्मेत समालेका थिए भने कालिराजले आफ्नो कार्यकालमा कार्य कौशलताले मकवानपुर जिल्ला कै उत्कृष्ट क्लवको रुपमा पहिचान बनाएका थिए । कोचिफमा चयन भएसँगै कालिराजले लायन्स तथा लियोको मुल मन्त्र हामी सेवा गर्छौ भन्ने नारालाई आत्मसाथ गर्दै लियोहरुको सकारात्मक सोचाइका साथ डिस्टिकको नारालाई सार्थक बनाउन लागि पर्ने बताउनु भयो ।
लियोले स्थानीय ,राष्ट्रिय र अन्तराष्ट्रिय समुदायको बिकास गर्न एउटा जिम्मेवारि सदस्यको रुपमा ब्यक्तिगत वा सामुहिक रुपमा सहभागी हुने अबसर प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,”विभिन्न सामाजिक बिकासका परियोजनाहरुमा काम गरि आफ्नो क्षमता र नेतृत्वको बिकास गर्नु, सामुहिक सहभागीत,सहकार्य र योगदानको मध्यमबाट समाजमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने अनुभव हासिल गर्नु र असल साथीहरू बनाउदै समाज सेवामा लाग्नुनै सबैभन्दा लियोको मुख्य लक्ष्य रहेको छ ।
कालिराजले मकवानपुरको २१ र बिरगंजको ५ वटा क्लवहरुको प्रतिनिधित्व गर्नेछन् । जुन यरियामा करिब ५२० जना भन्दा वढि युवाहरु आवद्ध रहेका छन् ।







