बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ
विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना छन् ।
प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।







