आजबाट अन्तर्राष्ट्रिय उडान शुरु

छहारी संवाददाता
असार १०, २०७८

आजदेखि (बिहीबार)देखि अन्तर्राष्ट्रिय उडान शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुसार आज नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्ने छ ।

मन्त्रालयले जारी गरेको तालिका अनुसार २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ ।

यस्तै असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने उल्लेख छ । असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*