बारामा चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

छहारी संवाददाता
असार ९, २०७८

बारामा बुधबार चट्याङले लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

चट्याङले लागेर बाराको जितपुर सिमरा उममहानगरपालिका–२० निवासी २८ वर्षका युवक विजय प्रसाद यादवको मृत्यु भएको हो। चट्याङले लागेर सोही स्थान बस्ने ६० वर्षकी शान्तिदेवी र २४ वर्षका साहमुदिन अन्सारी घाइते भएका छन्। साझ ६ बजेको समयमा अचानक हावाहुरिसँगै खसेको चट्याङले लागेर तीनै जना घाइते भएका थिए।

घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पताल लैजाने क्रममा यादवको बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। घाइते भएका बाँकी दुई जनालाई उपचारको लागि जिल्ला अस्पताल कलैयामा राखिएको मिश्रले बताए। सभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*