नातिद्वारा हजुरआमाको स्मृतिमा मामाघरलाई आर्थिक सहयोग
हेटौंडा ११ घर भई हाल युएसए रहनु भएका सुदिप न्यौपानेले मामाघर नेपाल मकवानपुरलाइ आर्थिक सहयोग गर्नु भएको छ ।
स्व. आमा डिल कुमारी न्यौपानेको स्मृतिमा छोरा रामचन्द्र न्यौपाने र नातिनी प्रतीक्षा न्यौपाने मार्फत सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाललाई १० हजार ५ सय रुपैयाँ सहयोग गर्नु भएको हो ।
संस्थामा आएका नयाँ ७ जना भान्जाहरुको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले हस्तान्तरण गरिएको प्रतीक्षा न्यौपाने जानकारी दिनुभयो । मामाघर नेपाल मकवानपुरका संस्थापक अर्पण पराजुलीले सडक बालबालिकामुक्त सभ्य समाज निर्माण अभियानमा जोडिएकोमा न्यौपाने परिवारलाई धन्यवाद दिनुभयो ।







