ओलम्पिक डेका अवसरमा विविध कार्यक्रम जारी

छहारी संवाददाता
८ असार २०७८, मंगलवार १९:०८

आधुनिक ओलम्पिकको जन्मदिनको अवसरमा नेपाल ओलम्पिक कमिटिको आयोजना तथा स्पोर्टस् फर अलको संयोजनमा विविध कार्यक्रम भईरहेको छ । ५ दिन सम्म नेपालका बिधिन्न भुभागमा, खेलाडी, खेल प्रशिक्षक, राष्ट्रिय संघ, स्कुल, तथा विभिन्न क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरि ओलम्पिक डे मनाउँदै आएका छन् ।

ओलम्पियनविच मैत्रीपूर्ण टेबलटेनिस
ओलम्पियन संघको आयोजनमा ओलम्पियनविच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । जसमा सफल श्रेष्ठले पहिलो स्थान हात पार्न सफल भए । ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयमा भएको प्रतियोगितामा भारोत्तोलनका कमल अधिकारी दोश्रो भए । यस्तै राजन श्रेष्ठ र टिकाराम श्रेष्ठ संयुक्त तेश्रो भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र श्रेष्ठ, स्पोर्टस् फर अल कमिसनका अध्यक्ष एवं कार्यक्रमका संयोजक बिष्णुगोपाल श्रेष्ठ, ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठ, पूर्व सदस्य रमेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

भर्चुअल नृत्य प्रतियोगिता
ललितपुर हात्तिबनस्थित लिटल एञ्जल्स स्कुलले ओलम्कि डे मनाउने क्रममा भर्चुअल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । जसमा रिशु गोलाले प्रथम स्थान हात पार्न सफल भएकी थिईन् । यस्तै फेविना गुरुङ्ग द्वितीय, एरोहिया तृतीय र रिविका मानन्धर चतुर्थ भएका थिए ।

पोखरामा पनि मनाईयो ओलम्पिक डे
ओलम्पिक डे मनाउने क्रममा पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । त्यसै क्रममा पोखरास्थित नौलो घुम्ती नेपालद्वारा संचालित पुरुष लागुपदार्थ परामर्श, उपचार तथा पुनस्थापना केन्द्र धारापानी १८ पोखरामा कर्मचारी तथा सेवार्थीहरुको विच खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

जसमा रुपक थापा पहिलो, पुजन मल्ल दोश्रो, सफल गुरुङ्ग तेश्रो भए । प्रतियोगितामा करिव ४५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ्गले निर्णायक केशवराम श्रेष्ठलाई बल तथा ब्याट हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

चित्रकला प्रतियोगिता
यसैगरि संस्कार पाठशाला दाङ्ग तुलसीपुरले पनि ओलम्पिक डे मनाउने क्रममा बिद्यार्थीहरुका बिच चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । भर्चुअल प्रतियोगितामा १६ बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रिस्कुलले पनि मनायो ओलम्पिक डे
प्रिस्कुलले विभिन्न स्कुलका बालबालिकाहरुलाई समावेश गर्दै भर्चुअल माध्ययमले विभिन्न कार्यक्रको आयोजना गर्दै ओलम्पिक डे मनाएको छ । जसमा ५५ स्कुलका १२०० बालबालिकाले ओलम्पिक डेमा समावेश हुँदै विविध कार्यक्रमा सरिक भए । जसमा नृत्य, चित्रकला, तथा अन्य कार्यक्रम रहेका थिए ।

जिमनास्टिक सेमिनार
नेपाल जिमनास्टिक संघले ओलम्पिक डे मनाउने क्रममा सेमिनारको आयोजना ग¥यो । नेपालम जिमनास्टिक खेलको विकास र विस्तार तथा आधुनिक जिमनास्टिकका बारेमा सेमिनारमा जानकारी प्रदान गरिएको थिया ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*