नेपालमा २४ घण्टामा ४६ संक्रमितको मृत्यु, २ हजार २९७ संक्रमित थपिए
नेपालमा पल्लिो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।
२ हजार २ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् । ६ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जना गरी २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको मन्त्रालयले जनाएको छ ।





