मकवानपुरमा निषेधाज्ञा अझै एक साता लम्बियो(प्रशासनको निर्णयसहित)

छहारी संवाददाता
६ असार २०७८, आईतवार २१:१२

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको अवधी एक साता लम्ब्याएको छ ।

आइतबार प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार असार ७ गते राति १२ बजे सकिने निषेधाज्ञा अब असार १४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

निषेधाज्ञा लम्बिएपनि केहि खुकुलो हुने भएको छ । बैठकले हेटौंडाका अधिकांश पसलहरु बिहान र दिउँसो गरी पालो पालो खोल्न पाउने निर्ण गरेको छ । बैठकले फलफुल, खाद्यान्न र तरकारी, माछा मासुका पसल बिहान ४ बजेदेखि १० बजेसम्म र हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म खुलाउने निर्णय गरेको छ ।

साथै होटल र रेस्टुरेन्टबाट होम डेलिबरी गर्न मात्रै पाइने र नीजि क्षेत्रबाट संचालित अटो, मयुरी, कार, जीप र मोटरसाईकललाई जोर–विजोर प्रणाली अनुसार संचालन गर्न दिने निर्णय भएको छ । यस्तै खोपेगल्ली र बर्सपार्कमा रहेको तरकारी पसललाई हाल संचालनमा नल्याउने बैठकले निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*