दुलाल दम्पत्तिद्वारा ३ सय परिवारलाई खाद्यान्न सहयोग
कोरोना संक्रमणको दोश्रो लहरको जोखिम कम गर्न जारी निषेधाज्ञाका कारण गरिब दुःखीहरु समस्यामा परेका छन् ।त्यसमा पनि दैनिक मजदुरी गरि ज्यालाको भरमा जीवन यापन गर्ने गरिब दुःखप्हरु सबैभन्दा बढी मारमा परेका छन् ।
यस्ता दिन दुःखीहरुलाई विभिन्न दाताहरुले सहयोग गर्दै आईरहेका छन् । यस्तै सहयोगी दाताहरु मध्ये पूर्व राष्ट्रिय खेलाडी, एपिएफका टेबलटेनिस प्रशिक्षक राजेन्द्र दुलाल र उहाँकी श्रीमती पनि हुनुहन्छ ।

ठमेल पर्यटन बोर्डका सदस्य समेत रहनु भएका दुलालले ठमेलको भगवान टोलमा मजदुर र दैनिक ज्यालादारी गर्नेहरुलाई सहयोग गर्नु भएको छ । दुलाल दम्पत्तिले ३ सय परिवारलाई एक एक बोरा चामल, वाईवाई चाउचाउ एक एक कार्टुन, दुई दुई लिटर तेल (सनफ्लावर), चार चार प्याकेट नुन, बिस्कुट र एक एक केजी सोयाविन मस्यौरा र पानी सहयोग गर्नु भएको हो ।
असहज परिस्थीतीमा दुःखमा परेका र असहायहरुलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको दुलालले बताउनुभयो । निन दुखिहरुलाई सहयोग गर्ने आफुहरु सदैब तयार रहेको दुलालले बताउनुभयो ।






