पत्रकार महासंघ बागमती प्रदेशद्वारा माओवादी केन्द्रलाई ज्ञापनपत्र

आफ्नै संञ्चारगृह संचालन गर्ने प्रदेश सरकारको निर्णय फिर्ता गर्न भुमिका खेल्न आग्रह
छहारी संवाददाता
असार ६, २०७८

नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आफ्नै संञ्चारगृह संचालन गर्ने प्रदेश सरकारको निर्णय फिर्ता गर्न भुमिका खेल्न आग्रह गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दललाई ज्ञापनपत्र बुझाएको छ ।

बागमती प्रदेश सरकारले आफ्नै आम संचारगृह संचालन गर्न बजेट विनियोजन गरेको प्रति माओवादी केन्द्र संसदीय दललाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलालसहितको टोलीले संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गर्न भुमिका खेल्न माओवादी केन्द्रलाई आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै माझी सरकारले संचारगृह संचालन गर्ने निर्णयले सरकार निरंकुशतातर्फ अग्रसर भएको देखिएको बताउनुभयो । उहाँले सरकारले संचारगृह संचालन गर्ने विषयमा माओवादीले कांग्रेससहितका दलसंग समन्वय गरि संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारू मगर, मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस संगठन नेपाल मकवानपुर अध्यक्ष अञ्जलि थापा लगायतको उपस्थिति रहेको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*