पत्रकार महासंघ मकवानपुरले प्रजिअ मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझायो

आफ्नै संञ्चारगृह संचालन गर्ने प्रदेश सरकारको निर्णय फिर्ता गर्न भुमिका खेल्न कांग्रेसलाई महासंघ बागमती प्रदेशको आग्रह
छहारी संवाददाता
असार ६, २०७८

नेपाल पत्रकार महासंघ मकवानपुरले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश सरकारले आफ्नै संञ्चारगृह संञ्चालन गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गर्दै महासंघले ज्ञापनपत्र बुझाएको हो । नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने मनसायले प्रदेश सरकारले संञ्चारगृह संचालन गर्न बजेट व्यवस्थापन गरेको भन्दै महासंघ मकवानपुरले असन्तुष्टी जनाएको हो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा प्रदेश सरकार आफैले संचारगृह संञ्चालन गर्न दश करोड विनियोजन गरेको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघ बागमती प्रदेशले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दललाई ज्ञापनपत्र बुझाएको छ ।
बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न बजेट विनियोजन गरेको प्रति कांग्रेस संसदीय दललाई ध्यानाकर्षण गराएको हो ।

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटासहितको टोलीले संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गर्न भुमिका खेल्न नेपाली कांग्रेसलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै बानियाँले सरकारले संचारगृह संचालन गर्ने निर्णय गलत भएकोमा कांग्रेस स्पष्ट रहेको भन्दै यसका लागि कांग्रेसले संशोधन प्रस्ताव दर्ता गर्ने प्रतिबद्धता व्यक्त गनुएभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*