तराई क्षेत्रमा आइतबार धेरै वर्षाको सम्भावनः मौसम पूर्वानुमान महाशाखा
तुलनात्मक रुपमा तराई क्षेत्रमा आइतबार धेरै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एकरदुई ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा वर्षा हुने छ ।
दिउँसो प्रदेश १, २ तथा बागमती प्रदेशको थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने हुँदा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।







