महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

छहारी संवाददाता
असार ५, २०७८

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ । बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास बस्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्धार टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार खनियाँ खोलामा बाँध मर्मत सम्भार गरिएको छ । यसले गर्दा जोखिम केही कम भएको छ । यस्तै लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका १२ मा रहेको ऐरी घाटको बस्ती डुबानमा पर्न थालेको छ ।

अहिले पनि पानी परिरहेकाले बाढी र डुबानको सम्भावना बढेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*