बागमतीसहित केहि प्रदेशमा भारी वर्षाको सम्भावना

छहारी संवाददाता
५ असार २०७८, शनिबार ०८:४४

बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ भने आज राति पनि देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन सुरु भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले बाढी पहिरोकोले जोखिम अझै बढेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरिएको छ ।

आइतबारदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर भारी वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । बागमती, प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको विज्ञहरु बताउँछन् । यस्तै, नदीनाला र खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*