मकवानपुरमा पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु, ९७ संक्रमित थपिए
मकवानपुरमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा हेटौंडा–१ का ७१ वर्षीय पुरुष, मनहरी–१ की ७४ बर्षकी महिला र सलार्हीका ७३ बर्षका एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । जेठ २७ गते कोरोना पुष्टि भई हेटौंडा अस्पताल भर्ना भएका हेटौंडा १ का पुरुषको बिहिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
यस्तै जेठ २५ गते कोरोना पुष्टि भएकी मनहरी १ की महिलाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी जेठ २८ गते कोरोना पुष्टि भई हेटौंडा अस्पतालमा भर्ना भएका सलार्हीका पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा ९७ जना नयाँ संक्रमीत थपिएका छन् । २५६ जनाको परिक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै मकवानपुरमा कोरोना संक्रमितको कुल संख्या १० हजार १ सय ८९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना मुक्त भएका छन् । योसंगै हालसम्म ८ हजार ९ सय ३३ जना कोरोना मुक्त भएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल १ हजार १ सय २४ जना सक्रिय संक्रमित उपचाररत छन् ।





