सुत्केरी र टुहुरा बालबालिकालाई बुहारीको खाद्यान्न सहयोग

छहारी संवाददाता
असार ४, २०७८

मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरले शुक्रबार कोरोनाको कारण समस्यामा परेका हेटौंडा—४ र ११ का सुत्केरी महिलालाई १ महिनाको लागी पुग्ने खाद्यान्न र अण्डा सहयोग गरेको छ ।

यस्तै  हेटौंडा—८ मा रहेका अविभावक बिहिन ४ बालबालिकालाई पनि १ महिनाको लागि खाद्यान्न बितरण गरेको संस्थाकी सह-संयोजक मञ्जु फुँयालले जानकारी दिनुभयो । संस्थाले अविभावक गुमाएका एकाघरका ४ बालबालिकालाई सहयोग गरेको हो । ति टुहुरा बालबालिका १४ बर्ष, १३ बर्ष, १२ बर्ष र १० बर्षको रहेको र उनिहरुको कोही नभएको कारण समस्यामा रहेकोले आफुहरुले सहयोग गरेको फुयाँलले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाकी सचिव अनुपा दाहाल, सह—सचिव राधा सापकोटा, कोषाध्यक्ष मिना अधिकारी बर्तौला, कार्यक्रम संयोजक पुष्पा जोशी, कार्यसमिति सदस्य सुजता मैनाली, सरु रिमाल, रिना आचार्य, ईन्दिरा बिडारी कल्पना शर्मा लगाएतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*