पल्पसा आइसोलेसनलाई बुहारीको सहयोग

छहारी संवाददाता
असार ४, २०७८

कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरलाई मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुर शाखाले खाजा सहयोग गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्कले मानविय संबेदनाको बिषयमा स्वयंसेवा गरिरहेको भन्दै मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरकी संयोजक कबिता खरेल थापाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

उपचार र पौष्टिक आहार नपाएर कोरोनासंग लड्न कठिन निमुखा संक्रमितको सेवामा खटिरहेको हेल्प डेस्कले उदाहरयाीय कार्य गरिरहेको संयोजक थापाको भनाई छ । उहाँले भन्नुभयो“ हाम्रो संस्था पनि मानयिय सेवामा ओतप्रोत भएर मानविय सेवा र हिंसामा परेका बुहारीहरुको आवाज र शक्ती बन्नको लागि गठन भएको कारण पनि हामी कोभिड हेल्प डेस्कको काममा सहकार्य गर्न उत्सुक भएका हौं ।”

आगामी दिनमा आफुहरु आइसोलेसन संचालन टिमसंगै कार्य गर्ने थापाले बताउनुभयो । कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय सदस्य सरोज खनाल, पल्पसा आइसोलेसनका संयोजक भुवनलाल श्रेष्ठ लगाएतले मेचि महाकाली संयुक्त बुहारी आवाज मकवानपुरको टोलीलाई स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*