२४ घण्टामा ४४ संक्रमितको मृत्यु, २ हजार ७६८ संक्रमित थपिए

छहारी संवाददाता
असार ४, २०७८

नेपालमा कोरोनो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ६८ नयाँ संक्रमित थपिएका छन् ।

७ हजार ५ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमणमुक्त भएक मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*