नव नियुक्त युवा परिषद् उपाध्यक्ष चौलागाईद्वारा सपथ ग्रहण

छहारी संवाददाता
असार ४, २०७८

बागमती प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्त हुनु भएको युवा नेता सन्तोष चौलागाईले शुक्रबार सपथ ग्रहण गर्नु भएको छ ।

बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । युवा परिषदमा उपाध्यक्ष चौलागाई नियुक्त भइसंगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

नवनियुक्त चौलागाईलाई मन्त्रालयमा एक कार्यक्रमका बीच सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा विकासका लागि महिला युवाहरुको सक्रियता बढाउने गरि काम गर्न सुझाव दिनुभयो ।

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षका लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको थियो । प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएका चौलागाईले २०७३ मा जिल्ला युवा समिती मकवानपुरको अध्यक्षको रुपमा एक कार्यकाल काम गरिसक्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*