नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

छहारी संवाददाता
असार ४, २०७८

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह ‘सी’ को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ।  यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३/३ अङ्क छ ।

अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*