हेटौंडा–११ बाट १ सय ४३ किलो गाँजासहित ३ जना प्रकाउ
मकवानपुर प्रहरीले बिहबार हेटौंडा–११ थानाभ¥याङबाट १४३ किलो गाँजासहित ३ जनालाई प्रकाउ गरेको छ ।
मनहरीबाट हेटौडा आउँदै गरेको ना १ ख ९९१० नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कन्टेनरको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई ल्याएको १२ पोका १४३ किलो ३ सय ग्राम गाँजा बारमद भएको हो ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न कन्टेनर चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नंम्बर ५ सिगार्से बस्ने २८ बर्षका सनक बहादुर तामाङ, सहचालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वरा बस्ने २४ बर्षका सोमे तामाङ र कन्टेनरमा सवार मकवानपुरको राक्सिराङ गाएँपालिका वडा नंबर १ गल्छराङ बस्ने १८ बर्षका सविन तामाङलाई पक्राउ गरेको हो । प्रहरीले बुधबार पनि हेटौंडामा ९६ केजी गाँजा सहित ५ जनालाई पक्राउ गरेको थियो ।







