अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडर नियुक्त

छहारी संवाददाता
असार ३, २०७८

नेपाली पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।

एरोविकले महर्जनलाई ३ बर्षका लागि नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।

खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ । यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।

जुलाई १५ मा एरोविक टेबलटेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै त्यस प्रशिक्षणमा उत्कृष्ट देखिएका ३ छात्र र ३ छात्रालाई लण्डनस्थित आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्भौता भएको महर्जनले जानकारी गराईन् । साथै एरोविकले खेलाडीहरुका लागि टेबलटेनिसको स्तरिय ब्राण्ड बटरप्mलाई कम्पनीको खेलपोशाक, ¥याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोवोट मेसिन समेत प्रदान गर्ने सम्भौता भएको समेत महर्जनले बताईन् ।

अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन् । नेपालमा टेबलटेनिसको विकास गर्ने उद्धेश्यले विगत १५ बर्ष देखि लागि परेकोमा एप्रिल ६, २०२१ बिश्व टेबलटेनिस डेको अवसर पारि क्बल स्थापना गर्दै आफ्नो सपना साकार पारेकी छिन् । हाल क्लबमा तीन टेबलटेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिई रहेका छन् ।

ब्यक्तिगत रुपमा महिला उद्यमीको रुपमा उनको कार्यलाई नियाली रहेको अन्तराष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मुल्याङ्कन गर्दै बिश्व टेबलटेनिस डेको अवसरमा आफ्नो जर्नलमा महर्जनको बारेमा लेख समेत प्रकाशित गरेको छ । नेपालीहरुलाई यति महत्व प्रदान गर्दै आफ्नो जर्नलमा लेख प्रकाशित गर्नुले बिश्व खेल जगतमा नेपाल र नेपालीको ईज्जत बढ्नुका साथै नेपालमा खेलकुदको विकास र विस्तारलाई नजिकबाट नियाल्दै उच्च महत्वमा राखेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*