मकवानपुर प्रहरीद्वारा ५४ क्युफिट काठसहित २ जना पक्राउ
प्रहरीले ५४ क्युफिट काठसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले हेटौडा ११ तिनताप्केबाट ५४ क्युफिट काठसहित २ जना पक्राउ गरेको हो । बसामाडीबाट पदमपोखरी जाँदै गरेको प्रदेश ३-०३-००१ ख ०१३२ नम्बरको मिनि टाटा गाडीलाई चेकजाँच गर्दा अबैध सालको २७ वटा फेन्टा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
काठ लोड गरेको गाडीका चालक हेटौडा ११ स्मारक बस्ने २३ बर्षका सुखराम रुम्बा र काठ ओसारपसारमा संलग्न हेटौडा १३ बस्ने २४ बर्षका दिपेश लामालाई फत्राउ गरिएको रिमालले बताउनुभयो । बरामद काठ आवश्यक कारवाहि तथा अनुसन्धानको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको उहाँले बताउनुभयो ।







