सबै अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

छहारी संवाददाता
असार २, २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले सूचना जारी गर्दै सरकारी, निजी तथा सामुदायिक सबै अस्पताललाई बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको हो।साभार डीसी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*