कोभिड हेल्प डेक्स मकवानपुरलाई सहयोग

ओम् फुयाल(अनिश आयु बाबा)
असार १, २०७८

नागस्वती ईनभेष्टमेन्ट ग्रुपले हेल्प डेक्स मकवानपुरलाई १ हप्ताको लागि बिहानी खाजा, र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

हेटौंडा अस्पताल परिसरमा रहेको हेल्प डेक्सलाई बिहानीको खाजा, ५० कार्टुन पानी र २ हजार पिस मास्क गरि लगभग २५,००० रुपैया बराबरको सामग्री सहयोग गरिएको ग्रुपका अध्यक्ष हेम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कोरोना महामारीको विषम परिस्थितिमा मानवीय सेवा अपरिहार्य भएको र यस्ता सहयोगले राज्यलाई थोरै भए पनि प्रत्यक्ष सहयोग पुग्ने गु्रुपका कोषाध्यक्ष राजकुमार बानियाले बताउनुभयो । उहाँले सहयोगको लागी विभिन्न संघ सस्थालाई आब्हान समेत गर्नु भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सचिव रामकृष्ण भट्ट, सदस्य श्यामसुन्दर परियार लगायतको उपस्थिति रहेको थियो । ग्रुपले विभिन्न समयमा सामाजिक कार्यमा अग्र पंक्तिमा रहेर काम गर्दै आएको छ । हेल्प डेक्स मकवानपुरले जेठ ३ गतेदेखि अस्पताल भित्रका बिरामी तथा बिरामीका कुरुवाहरुलाई विभिन्न संघ सस्थासंग समन्वयन गरेर खाजा, खाना खुवाउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*