खोप नपाए इन्धन बिक्री रोक्ने पेट्रोलियम व्यवसायीको पनि चेतावनी

छहारी संवाददाता
जेष्ठ ३०, २०७८

कोभिड(१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो । पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको व्यवस्थाका लागि पटक(पटक आग्रह गरिए पनि सुनुवाई नभएको एसोसिएसनले जनाएको छ ।

‘यस क्षेत्रका कर्मचारी र श्रमिकको जीवन रक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन जनाउँछ,’ महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सहज रुपमा खोपको उपलब्धताका लागि नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको एसोसिएसनले अन्यथा वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि दिएको छ । ‘नियमित वितरण प्रणालीमा असहजता उत्पन्न हुन नदिन शीघ्र खोपको व्यवस्था मिलाई दिनुहुन एसोसिएसन अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साभारः अनलाइन खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*