नेपालमा आइतबार थप ४६ संक्रमितको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट आइतबार ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







