नेविसंघ महामन्त्री दाहालको नेतृत्वमा खाधान्न वितरण
नेपाल विद्यार्थी संघ महामन्त्री प्रभात कुमार दाहाल नेतृत्वको टोलीले मकवानपुरका दुई स्थानमा १ लाख पचास हजार रुपैया बराबरको खाधान्न सहयोग गरेको छ ।
शनिबार र आइतबार हेटौडा १३ टुटेपानी र राक्सिराङ गाउपालिका वडा नं ८ मा स्थानीय समाजसेवी एवम् जनप्रतिनिधिहरुको आग्रहमा खाद्यान्न सहयोग गरिएको महामन्त्री दाहालले जानकारी दिनुभयो । उहाँले खाधान्न वितरण कार्यक्रम निरन्तरता दिइने बताउनुभयो ।
कोरोना संक्रमण कम गर्न जारी गरिएको निषेधाज्ञाका कारण देशमा ज्याला मजदुरी गरी जीवन चलाउने वर्ग मारमा परेकोले ती व्यक्तिहरुलाई खाधान्न वितरणमा जुटेको नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली बताउनुभयो।
सहयोग वितरण कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार महेन्द्र राउतले महामारीको अवस्थामा व्यापारीहरु पनि धेरै मारमा परेको बताउँदै सम्बन्धित निकायले अब निषेधाज्ञालाई केहि सहज बनाउदै व्यापार व्यवसाय सन्चालनमा ल्याउन आवश्यक पहल गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले व्यवसायीहरुको व्यथालाई न्युनीकरण गर्न गराउन पनि पहल गर्ने बताउनुभयो ।
युवा नेता विकेश लाल श्रेष्ठले महामारीको समयमा जनतालाई सरकारले गर्नुपर्ने जिम्मेवारी सामाजिक अभियन्ता एवम् सामाजिक संघ संस्थाले गर्नुपरेको भन्दै राज्य आफ्नो जिम्मेवारीबाट चुकेको टिप्पणी गर्नुभयो । खाधान्न वितरण कार्यक्रमा व्यवसायी रविन्द्र घिमीरे, युवा नेता टेकनाथ शिवाकोटि, तरुण नगर उपाधाक्ष्य भुपेन्द्र अधिकारी, वडा नं १२ ईकाई सभापति चम्फु लामा , तरुण जिल्ला सदस्य आशिष थापा लगायतको उपस्थिति रहेको थियो।





