युरोकपमा आज तीन वटा खेल, विश्वमै शीर्ष स्थानको बेल्जियमले रुससँग खेल्दै

छहारी संवाददाता
जेष्ठ २९, २०७८

युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् ।

विश्व वरीयतामा स्विजरल्याण्ड १३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व वरीयताको शीर्ष स्थानमा रहेको  बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ । गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल ११ सहरमा सञ्चालन हुनेछ ।

साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*