मकवानपुरमा कोरोनामुक्त हुनेको संख्या ८ हजार ९ पुग्यो
मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ हजार ९ जना पुगेको छ ।
शुक्रबार २६९ जना कोरोनामुक्त भएसंगै निको हुने ुंक्रमितको संख्या ८ हजार ९ पुगेको हो । पछिल्लो २४ घण्टामा २५६ होम आइसोलेसन र १३ जना संस्थागत आइसोलेसका गरी थप २६९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा ४४ र एन्टीजेन परीक्षण गर्द ३१ जनाको गरी थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ७ सय १६ पुगेको छ ।
जिल्लामा हाल १ हजार ५ सय ८२ जना सक्रिय संक्रमितa उपचाररत रहेका छन् । मकवानपुरका हालसम्म कोरोना संक्रमणबाट ११० जनाको मृत्यु भएको छ ।





