प्रदर्शनमा उत्रिएका युवाहरुमाथि बालुवाटारमा प्रहरीको धरपकड 

छहारी संवाददाता
जेष्ठ २८, २०७८

बृहत नागरिक आन्दोलनको अगुवाईमा बालुवाटारमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि पनि प्रहरीले धरपकड गरेको छ।

प्रहरीले प्रदर्शन सुरु नहुँदै नागरिक अगुवाहरु नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती लगायतलाई पक्राउ गरेको थियो।

त्यसपछि युवाहरुले प्रदर्शनलाई अगाडि बढाएका थिए। तर युवाहरुको प्रदर्शनमा पनि प्रहरीले धरपकड गरेको हो।

नागरिक आन्दोलनले सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गरेको हो। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*