सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बृद्धि
साताको अन्तिम दिन सुनको मुल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबार तोलामा ६ सय रुप्रैयाले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको मुल्य भने ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्उ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।







