कोरोना संक्रमणबाट नेपालमा २४ घण्टामा ५९ जनाको मृत्यु
कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।





