गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

छहारी संवाददाता
२७ जेष्ठ २०७८, बिहीबार १३:३७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा माधवकुमार नेपाल पक्षमा रहँदै आउनु भएका गणेश पहाडीलाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

भखैरै नेपाल पक्ष छोडेर आफ्नो पक्षमा लाग्नु भएका पहाडीलाई प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण मानिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिनु भएको हो ।

पहाडी केही साता अघिमात्रै नेपाल खनाल समुह छोडेर ओली समुहमा लाग्नु भएको हो । उहाँ गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*