बागमती प्रदेश सरकारले बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
बागमती प्रदेश सरकारले बिहिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रम र आगामी बजेटमा कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो । सोही छलफलका आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुको अनुमान छ ।
आगामी आर्थिक वर्ष २०७८७९ को बजेट भने असार १ गते प्रस्तुत हुनेछ ।







